०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

कपिलवस्तुको महाराजगन्ज ५ काे सिसवा र उदयपुर जाने मुख्य सडककाे अवस्था बिजोग

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

 

(धनी राम काेरी)

महाराजगन्ज । कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका वडा नं ५ काे सिसवा बाट उदयपुर जाने मुख्य सडक काे अवस्था धेरै नराम्रो रहेको छ । पानी पर्दा हिलाे र पानी नपर्दा धुलाे हुने अवस्थामा छ । केहि दिन अगाडि पानी पारेको थियो त्यसपछि अावात जावात गर्न स्थानीयलाई समस्या भइरहेको छ ।

सिसवा देखि उदयपुर गाउँमा जाने मुख्य सडक रहेको कारणले गाउँ बाटा निस्कासन काे लागि धेरै साेचेर जानू पर्छ । त्यहीँ सडक बाट विद्यार्थीहरु पढ्न जाने , कर्मचारी र स्थानीयहरु बाध्य भएर अाउने जाने गरेको कुरा स्थानीय गहेन्द्र राज शुक्लाले जानकारी दिनुभयो । उनी भने कि महाराजगन्ज नगरपालिका किचड मुक्त भइसकेको छ यसकाे उदाहरण सिसवा र उदयपुर बिचकाे सडकले बताइ रहेको छ ।

महाराजगन्ज नगरपालिकाले सिसवा र उदयपुर गाउँ काे बिचमा कञ्चनीय नदीमा नमुना झुलाङ्गे पुल निमार्ण गरेको छ पुलमा अावात जावाच गर्नका लागि सडक बनेको छैन यस विषयमा वडा र नगरपालिकाकाे ध्यान जान जरुरी रहेको स्थानीय सुजित यादवले जानकारी दिनुभयो ।

महाराजगन्ज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष छेदी प्रसाद कुर्मीलाई पटकपटक फाेन लगाउदा फाेन उठेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!