०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

पर्सा जिल्लामा सबैभन्दा बढी एचआईभी एड्सकाे संक्रमितहरु धेरै एक तथ्यांक

Logo
प्रकाशित मंगलबार, साउन ०२, २०८०

 

(ABC-Sanchar)

पर्सा । बिरगंज एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालको सहयोगमा वीरगन्जको नारायणी अस्पतालको एआरटी सेवा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम अवस्थामा एएचएफ नेपालले एक वर्षमा गरेका गतिविधिका विषयमा शनिबार वीरगन्जमा एक कार्यक्रम गगरेर स्थानीय परियोजना परामर्श समितिलाई जानकारी गराएको छ ।

एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधि आशिष गुरागाँइका अनुसार नारायणी अस्पतालको एआर टी सेवाबाट हाल १ हजार २८४ जनाले नियमित रुपमा सेवा लिइरहेका छन् । जसमध्ये पर्सा जिल्लाका मात्रै सबैभन्दा धेरै ७५२ जना रहेका छन् ।
बारा जिल्लाका ३४२ जना, रौतहटका ९८, सर्लाहीका ८५ जना, मकवानपुरका ४ जना र धनुषाका ३ जनाले नारायणी अस्पतालको एआरटी सेन्टरबाट सेवा लिइरहेको उनले बताए ।

वीरगन्जको आदर्शनगरस्थित होटल लर्डस दियालोमा बसेको परियोजना परामर्श समितिको बैठकमा गुरागाईँले प्रस्तुत गरेको तथ्याङ्कअनुसार पर्सा जिल्लाका १४ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा एचआइभी सङ्क्रमित रहेका छन् । महानगरपालिकामा २ सय ४८ जना सङ्क्रमितले सेवा लिँदा सबैभन्दा कम ठोरी गाउँपालिकाका १४ जनाले लिइरहेका छन् ।

बैठकलाई सम्बोधन गर्दै एएचएफ नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले स्थानीय तह एवम् अन्य साझेदार संस्थाहरूको सहयोगमा संस्थाले गरिरहेका कामले सकारात्मक नतिजा दिएको बताए । एचआइभी लागेपछि समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने आवश्यकता औँल्याउँदै जोशीले घिर्ना भन्दा पनि प्रेमको दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिएका थिए ।

एचआइभी सङ्क्रमित आमाले जन्माएको सन्तानको परीक्षण गर्दा सङ्क्रमण नदेखिने अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्दै उनले सहज र सरल ढङ्गले एचआइभी सङ्क्रमितले सेवा पाउनुपर्ने अवस्थाको निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा एचआइभीको सङ्क्रमण धेरै देखिएको हुँदा सीमा क्षेत्रसँग जोडिएका क्षेत्रमा सचेतनाको अभियानलाई तीव्रता दिनुपर्ने जोशीको भनाई रहेको थियो । एएचएफ नेपालले एचआइभीसँगै अन्य यौनरोगका क्षेत्रमा पनि काम गर्ने योजनाका साथ अघि बढी रहेको उनले बताए ।

नारायणी उपछेत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले संस्थासँगको सहकार्यमा अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले एआरटी सेवाका लागि स्थान अभाव भएको
समस्या केही समयभित्रै समाधान गर्ने बताएका थिए ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका संयोजक रितेश जैसवालले पनि संस्थासँग हातेमालो गरेर काम गर्ने बताए । महानगरपालिकाले सस्तो र सर्वसुलभ मूल्यमा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी गराउँदै उनले त्यसमा एचआइभीको परीक्षण पनि गर्ने व्यवस्था मिलाइने बताए ।

एआरटी सेन्टरकी इन्चार्ज सरिता श्रेष्ठले एचआईभिको क्षेत्रका काम गर्दा चुनौती भएपनि त्यसलाई अवसरको रुपमा लिएर काम गरीरहेको बताइन् । एएचएफ नेपालको सहयोगले एआरटी सेवा प्रभावकारी रुपमा चलीरहेको बताउँदै उनले आफ्नो अवकाशपछि पनि एएचएफ नेपालको यस्तै सहयोगले निरन्तरता पाइरहने विश्वास व्यक्त गरिन् ।

नर्सिङ् प्रशासक श्रुती साहले एएचएफ नेपालकै सहयोगका कारण एआरटी सेवा प्रभावकारी भइरहेको प्रतिक्रिया दिइन् । एआरटी सेवा गुणस्तरीय एवम् विश्वसनीय बनाउनमा एएचएफ नेपालको भूमिकाको सह्राना गर्दै उनले स्वास्थ्य मन्त्रालयबाट गरिने न्यूनतम सेवा मानक मा पनि एआरटीले शतप्रतिशत अंक ल्याउन सफल भएको जानकारी गराइन् ।

कार्यक्रममा एआरटी सेन्टरका फोकल पर्सन नारायणी अस्पतालका वरिष्ठ छाला तथा चर्म रोग विशेषज्ञ डा. अतुलेश कुमार चौरसिया, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुर, स्वास्थ्य कार्यालय पर्साका विनोद झालगायतको उपस्थिति रहेको थियो ।

एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एएचएफ नेपालका पर्सा जिल्ला प्रतिनिधी आशिष गुरागाँईले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

  काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]

error: Content is protected !!