२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

रुपन्देहीमा पेस्तोल देखाएर आतंक मच्चाउने एक युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ०४, २०८०

ABC (क्राईमबिट)

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका-४ महदेबा बस्ने वर्ष ३० का इन्द्रकेश यादवलाई प्रहरीले चार दिनअघि घर नजिकैबाट पक्राउ गरेको हो । गत असार १९ गते राति साढे ११ बजेतिर मर्चवारी गाउँपालिका-४ पुन्हीकोटबाट दुबलिया जाने बाटोको खैरागाउँमा सडक कालोपत्र गर्ने क्रममा निर्माण व्यवसायीसँग विवाद हुँदा हतियार फायर खोलेर यादव फरार रहेको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

यादवमाथि जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद लिई प्रहरीले ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए । घटनास्थलबाट प्रहरीले यादवले प्रयोग गरेको लु ३३ प ७६५३ नं. को सुपर स्पिलिन्डर मोटरसाइकल, मेड टाइप ५४ चाईनिज पेस्तोल जस्तो देखिने एउटा हतियार, गोली दुई थान र फायर भएको खोका १ थान बरामद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!