१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

लुम्बिनी प्रदेशका कानुन मन्त्री पाण्डेय द्वारा राप्तीका विभिन्न स्थानहरुकाे निरीक्षण

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०

 

(तुल बहादुर कवँर मगर)

दाङ । भालुवाङ्ग लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ्ग स्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गर्नु भएको छ।

मन्त्री पाण्डेयले भालुवाङ्गमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र भालुवाङ्ग नगर विकास समिति भवनको पूर्व तर्फ आँपखाेली ठाडाे खाेलाका कारण गएको पहिरोकाे निरीक्षण गर्नु भएको हाे।

मन्त्री पाण्डेयले प्रहरी कार्यालयकाे कम्पाउड ,मेश,सम्बन्धित शाखाहरुकाे निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई बिभागय निति सम्बन्धमा मार्गदर्शन एवम् अपराध राेकथाम नियन्त्रण,शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनु भएको थियोे।

त्यस्तै पहिराे गएको स्थनको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिराे नियन्त्रणको लागि काम थालिने बताउनुभयो ।

यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण सँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जाेडिएका सिसि क्यामेराहरु मर्मत सँगै आवश्यक स्थानहरुमा क्यामेरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गर्नु भएको थियोे ।

निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेय सँगै
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी,वडा नम्बर १का वडा अध्यक्ष गेम बहादुर खड्का, ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह ,स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतकाे सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!