३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

चोरीको १२ वटा मोटरसाइकल सहित ७ जना चोर प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, साउन १२, २०८०

 

ABC (क्राईमबिट)

बारा । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिइएको हो ।

चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, बिआर ०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाउँका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, सोही ठाउँका १९ वर्षीय राधेश्याम महता, सोही ठाउँका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षीय पञ्चालाल बलोनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल मानिस बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!