१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

जिल्ला प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरीको निःशुल्क स्वास्थ्य जाँच

Logo
प्रकाशित सोमबार, साउन १५, २०८०

ABC (क्राईमबिट)
भैरहवा । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भएकोले नियमित चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।

समुदाय-प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परीक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले बताउनुभयो ।

शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट प्रहरी कर्मचारी तथा प्रहरीले स्वास्थ्य सेवा लिएको प्रहरी उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

शिविरमा निःशुल्क रगत परीक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, नाक, कान, घाँटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो । सधैँ तनावमा खटिने प्रहरीले आफू पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परीक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामु अर्यालले बताउनुभयो । “यो नियमित परीक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस् भन्ने उद्देश्यले प्रत्येक दुई–तीन महिनामा हामीले स्वास्थ्य शिविरहरू आयोजना गरी प्रहरीको स्वास्थ्य परीक्षण गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो ।

शिविर पूर्णरुपमा निःशुल्क रहेको र विशेषज्ञ चिकित्सक सहितको टिमबाट परामर्श तथा स्वास्थ्य सेवा दिएको साथै यही नै रगत परीक्षणको नमुना पनि लिएको युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले बताउनुभयो । शिविरमा कसैलाई केही समस्या देखिए त्यसको थप उपचारका लागि मेडिकल कलेजले भने सहुलियत दरमा २० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

व्यस्तताका समयमा स्वास्थ्य संस्थासम्म पुगेर चेकजाँच गर्न असमर्थ प्रहरी कर्मचारीहरूलाई मेडिकल कलेजले समय समयमा प्रहरी कर्मचारीहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरूलाई कार्यालयभित्र सेवा लिँदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताउनुभयो । आफूमा भएको समस्या वा स्वस्थ छु भन्ने ढुक्क हुनका लागि स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा प्रहरीहरूले खुसी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!