२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाए नेपालका व्यापारीले चामलको भाउ बढाए

Logo
प्रकाशित बुधबार, साउन १७, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । चामलको मूल्य बोरामै २ सय रूपैयाँसम्म बढेको छ। भारतबाट आयात रोकिएपछि चामलको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए।


खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारतले सन् २०२२ को सेप्टेम्बरदेखि धानचामलको निर्यातमा २० प्रतिशत कर लगाउन थालेको थियो। नेपाल सरकारको अनुरोधमा वार्षिक ६ लाख मेट्रिक टनसम्म धानचामलमा कर छुट दिँदै आएको भए पनि अहिले निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपाली उपभोक्ता पर्ने भएका छन्।

मुलुक चामलमा आत्मनिर्भर नभएकाले कूटनीतिक पहल गरी भारतबाट चामल आयातको प्रतिबन्ध खोल्नुपर्ने व्यापारीहरू बताउँछन्। ‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्लाई मूल्य नियन्त्रण गर्दै सहुलियत दरमा दैनिक अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन गर्न माग गरेका छन्। दैनिक अत्यावश्यक वस्तुको रूपमा रहेको चामल, पिठो, नून, चिनी तथा खाद्य तेलको अभाव हुँदा समस्या पर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष महर्जनले बताए।

खाद्यान्नको मूल्य नियन्त्रण गर्न भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो। भारत विश्वमै चामल निर्यात गर्ने मुलुकको अग्रस्थानमा पर्छ। भारत चीनपछि धान फलाउने विश्वकै दोस्रो मुलुक पनि हो।

भारत लगायत अन्य मुलुकबाट आयात हुने चिनीमा लाग्दै आएको ४० प्रतिशत अतिरिक्त भन्सार महसुल मिनाहा गरी शून्य भन्सार दरमा आयात गरी अन्तर्राष्ट्रिय बजारमूल्यमा नै बिक्री वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए। ‘चामल निकासीमा लगाइएको प्रतिबन्ध समेतलाई आधार बनाइ भारत लगायत तेश्रो देशबाट नेपालको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यमा बिक्री वितरण गनुपर्छ,’ उनले भने।

यो वर्ष धान रोपाइँ कम भएकाले आयात अझ बढ्ने अनुमान गरिएको छ। भारतबाट मात्र करिब २१ प्रतिशत चामल आयात हुन्छ। मुलुकको अन्न भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष धान रोपाइँ निकै न्यून भएको छ। समयमा बर्सात नहुँदा तराईमा यो वर्ष पोहोरको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!