३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

मौसमका कारण दुर्घटना जोखिम दुर्गम भेगका २९ वटा विमानस्थलमा ३ महिना उडान बन्द

Logo
प्रकाशित बिहिबार, साउन १८, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न दुर्गम भेगका २९ वटा विमानस्थलमा तीन महिना उडान बन्द गर्ने भएको छ । प्राधिकरणले जुलाईदेखि सेप्टेम्बरसम्म दिउँसो साढे बाह्र बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने निर्णय गरेको हो ।

प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले उडान सञ्चालनको समय बिहान ६ः४५ देखि दिउँसो १२:३० सम्म तोकेको छ । तर, वायुसेवाहरुको अनुरोधमा प्राधिकरणले ५ वर्षअघि यो नियम खुकुलो बनाउँदै वायुसेवाहरुलाई १२ः३० पछि पनि चार्टररव्यवसायिक उडान अनुमति जारी गर्दै आइरहेको थियो ।

पछिल्लो समय खराब मौसमकाबीच जोखिमपुर्ण उडान अनुमति जारी भएको पाइएपछि प्राधिकरणले अतिरिक्त समयमा चार्टर उडान अनुमति दिने क्षेत्राधिकार काठमाडौंबाहिर रहेका विमानस्थल कार्यालय तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट झिकेको छ ।

अब ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाडा, काँगेलडाडा, बाग्लुङ, दार्चुला र मेघौली विमानस्थलमा १२ः३० बजेपछि उडान हुने छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!