२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सर्बोच्च अदालत भारतले युवा नेता राहुल गान्धीको सांसद पद फिर्ता गर्‍यो

Logo
प्रकाशित शुक्रबार, साउन १९, २०८०

(ABC-Sanchar)

काठमाडौं । भारतीय सर्वोच्च अदालतले भारतीय कांग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली गरेको छ । जिल्ला अदालतको आदेश उल्ट्याउँदै सर्वोच्चले गान्धीको सजायलाई सुनुवाएको सजायमा रोक लगाएको छ । योसँगै उनको सांसद पद पुनर्बहाली भएको छ ।

राहुल गान्धीलाई ‘मोदी’ सरनेम मुद्दामा जिल्ला अदालतले दिएको फैसला कार्यान्वयन नगर्नसर्वोच्च अदालतले आदेश दिएको हो । ‘सबै चारेको सरनेम किन मोदी हुन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै परेको रिटमा सुरत अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाउँदै सांसद पदबाट हटाएको थियो ।

तर, शुक्रबार सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगायो । साथै सर्वोच्चले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत भनेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]