२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रोल्पामा बस दुर्घटनामा हाल सम्म ४ जनाको मृत्यु १५ जना घाइते

Logo
प्रकाशित मंगलबार, साउन २३, २०८०

(ABC-Sanchar)
रोल्पा । मंगलबार त्रिबेणी गाउँपालिका ७ रिचा भन्ने स्थानको घुम्तीबाट सिधै मुनितिर खसेर दुर्घटना ग्रस्त बनेको थियो।

दुर्घटनामा परि हालसम्म मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।भने १४ जना घाइते भएको जानकारी प्राप्त भएको छ।
५ जना घाइतेलाई उपचारका लागि दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले जानकारी दिएका छन्।
३ जना थप गम्भीर घाइतेहरुलाई अस्पतालसम्म पुर्याउन जिल्ला अस्पताल रोल्पाबाट एम्बुलेन्स घटना स्थल तर्फ पठाइएको डिएसपी स्याम सारू मगरले होलेरी खबरलाई जानकारी दिएका छन्।
मृत्यु हुनेहरूको भने अझै सनाखत नसकेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी चौकि जुगार,शस्त्र प्रहरी गण तिलाको टोलि र ईलाका प्रहरी कार्यालय होलेरी टोलि,जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलि र रिचाका स्थानीय सर्वसाधारणहरुले उद्वारको काम गरिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी सारु मगरले जानकारी दिए।

घटना बारे जानकारी पाए लगत्तै रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे ज्यु सहित हामि पनि घटना स्थलतिर गैरहेका छौँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]