०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सुन तस्करी प्रकरणमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु :महरा

Logo
प्रकाशित मंगलबार, साउन ३०, २०८०

(ABC-Sanchar)
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
घोराहीको एक होटेलमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।
‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बोलाउँदैनन् त के गर्नु ?’
उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ ।
तर, महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे ।
उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।
‘सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानुन अनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

error: Content is protected !!