०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सर्वोच्च अदालतले ‘टीकापुर घटनाको मुद्दाको पूर्णपाठ सार्वजनिक गर्‍यो

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ पूर्णपाठमार्फत सर्वोच्चले उक्त घटनालाई ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनेको छ भने रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको ठहर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गणतन्त्र दिवसको अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर, सर्वोच्चले गरेको फैसलाले रेशमले पाएको आममाफीमै प्रश्न उठेको छ ।

पूर्वसांसद रेशम यतिखेर अफ्रिका भ्रमणमा छन् । आफ्रिकाबाटै सार्वेच्चले सार्वजनिक गरेको पूर्णपाठले अत्यन्तै मर्माहत बनाएको प्रतिक्रिया दिएका छन् । उनले भने– ‘सर्वोच्चले सर्वजनिक गरेको पूर्णपाठले अत्यन्तै मर्माहत बनाएको छ । क्षतविक्षत बनाएको छ । हामीले सम्मान गरेका थियौँ, बदलामा अपमान मात्र पाउँदै आएका छौं । हामीले न्याय पाउन सकेनौं ।’

सर्वोच्चको पूर्णपाठले रेशम चौधरीलाई टीकापुर घटनाको मुख्य नेतृत्व भएको ठहर नै गरेको छ । तर, बारम्बार घटना भएको दिन आफू त्यहाँ नरहेको भन्दै आएका उनले सर्वोच्चको पूर्णपाठ पछि पनि आफू त्यस घटनाको नेतृत्वकर्ता नभएको दोहोर्याएका छन् ।

चौधरीले भने– ‘टीकापुरको आन्दोलन उत्पीडन विरुद्धको संघर्ष थियो । नागरिक स्वतः संघर्षमा उत्रेका थिए । म या अरु
कसैले नेतृत्व गर्नुपर्ने वा उतार्नुपर्ने अवस्था थिएन । र, त्यो घटनाको दिन म त्यहाँ थिइनँ । म त्यहाँ नभएको अनेकौँ तथ्य र प्रमारणहरु छन् । तथ्य र प्रमाणहरुलाई अनदेखा गरेर मलाई नै दोष्ीा देखाइनुले अन्यायको सीमा नाघ्यो । यसले राम्रो परिणाम दिँदैन ।’

राज्यले बारम्बार अन्याय गरेर पल पलमा मारिरहेको भन्दै चौधरीले यस्तो यातनाभन्दा मृत्युदण्ड सयौं गुणा सहज हुनेसमेत प्रतिक्रिया दिएका छन् ।

उनले भने– ‘अपमान र अन्यायले सीमा नाघ्यो । हामीलाई पलपलमा मारियो । यसरी अन्याय र अपमानले पलपलमा मारिनुभन्दा बरु एकैपटक मृत्युदण्ड दिएर मार्नु उचित हुन्छ । म याचना गर्छु– बरु मृत्युदण्ड दिएर मार हामीलाई, त्यो मृत्यु सहज हुनेछ ।’

कठोर संघर्ष गर्छौ
केन्यामा रहेका चौधरीले केही दिनमै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र अन्यायविरुद्ध कठोर संघर्षको बाटो तय गर्ने प्रतिक्रिया दिएका छन् ।

उनले भने– ‘म भोलि नै स्वदेश फर्कदै छु । २–४ दिनमै केन्द्रीय समितिको बैठक बसेर कठोर संघर्षको कार्यक्रम तय गर्छौै । हामी अब सहेर बस्ने अवस्थामा छैनौं । अन्याय र अपमानले सीमा नाघ्यो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

error: Content is protected !!