०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसे खण्ड १६ घण्टापछि सञ्चालनमा आयो

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०


(ABC-Sanchar)

सिन्धुपाल्चोक । बुधबार पहिरोले अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसे-सिरिसे खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । चरिकोट सडक डिभिजन कार्यालयका अनुसार पहिरोले अवरुद्ध बनेको सो सडक बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो ।

बुधबार माथिल्लो भेगको भिर एक्कासी भास्सिएर सुख्खा पहिरो खस्दा एक घर पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो । काठमाडौं जोड्ने मुख्य राजमार्ग यातायात ठप्प भएपछि स्थानीय र यात्रु सास्ती बेहोर्न बाध्य भएका थिए ।

झन्डै पाँच सय मिटर माथिबाट झरेको पहिरोको अवरोध छिचोल्न घण्टौँ लाग्ने भएकाले त्यसक्षेत्रमा सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अपहरण, अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा श्रममन्त्री रामजी यादवको सचिवालय सदस्य मुस्तकिम मियाँलाई प’क्राउ गर्ने सप्तरीका एसपी गौतम केसीको सरुवा भएको छ। २०८२ असोज २ गते सप्तरी सरुवा भएका केसीको कार्यकाल अझै करिब पाँच महिना बाँकी छँदै सरुवा गरिएको हो। सामान्यतया प्रहरीमा एक वर्ष नपुगी सरुवा नगर्ने अभ्यास भए पनि उनको सरुवालाई अर्थपूर्ण […]

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

error: Content is protected !!