२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँकेको शमशेरगन्जमा शुक्रबार राति बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु २० जना घाइते

Logo
प्रकाशित शनिबार, भाद्र २३, २०८०

ABC (क्राईमबिट)

बाँके । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना.७ ख. २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका ८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक गोविन्द भनिने जुगबहादुर चन्द शाही, कस्तुरी थापा, काशीराम थारू, रूपा परियार, जयन्त थारू र चानुराम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले बताए । उनका अनुसार अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । बर्दिया ठाकुरद्वारा–९ वेतनी सामुदायिक वन उपभोक्ता समितिबाट उक्त गाडी दाङको थारु संग्रहालयमा भ्रमणमा गएको थियो ।

‘पूर्वबाट पश्चिम जाँदै गरेको ना. ८ ख. ६४०५ नम्बरको ट्रक बिग्रिएर सडकमा रोकिएको रहेछ,’ ट्राफिक प्रमुख सुबेदीले भने, ‘भ्रमणबाट फर्किँदै गरेको गाडी सोही ट्रकमा ठोकिँदा दुर्घटना भयो ।’ दुर्घटनामा परेको गाडीको तिव्र गति भएको बताइएको छ ।

दुर्घटनामा परि घाइते भएका ४ जनाको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । २ जना उपचारपछि डिस्चार्ज भएका छन् । ९ जनाको अवस्था सामान्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]