०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

ट्रकको ठक्करबाट असईको मृत्यु

Logo
प्रकाशित बिहिबार, भाद्र २८, २०८०

ABC (क्राईमबिट)
उदयपुर । ट्रकको ठक्करबाट बेलका नगरपालिका २ भागलपुर प्रहरी चाकैकीमा कार्यरत असई श्रीकुमार बस्नेतको ज्यान गएको छ । गाईघाटबाट प्रदेश १–२–०५१ प ६४७८ नं को मोटरसाईकलमा भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ बर्षिय बस्नेतको घटनास्थलमै ज्यान गएको हो ।

इटहरी उपमहानगरपालिका–८ घर भई हाल प्रहरी चौकी रामपुर झिल्के उदयपुर दरबन्दीमा रहेर प्रहरी चौकी भागलपुरमा कार्यरत बस्नेत जिल्ला प्रहरी कार्यालयको इन्चार्जहरुको बैठकमा सहभागि भई फर्किने क्रममा ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र सवारीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!