०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

ब्राजिलमा विमान दुर्घटना १४ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०


(ABC-Sanchar)
काठमाडौं । एजेन्सी समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिइएको थिएन। एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]