२१ आश्विन २०८१, सोमबार
07-10-2024 , Mon
×

पूर्वपश्चिम लोक मार्ग सिमरामा टाटा सुमो दुर्घटना हुँदा ८ जना घाइते

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०

(ABC-Sanchar)
बारा । लोक मार्गअन्तर्गतको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बुधवार ना १ ज ३८४७ नम्बरको सुमो ब्रेक फेल भई दुर्घटना हो ।

दुर्घटना हुँदा सोमा सवार आठ जना यात्रु घाइते भएका छन् । उनीहरूमध्ये एक जना सिन्धुली दुधौली बस्ने ७ वर्षका बालक किसान पोखरेलको अवस्था गम्भीर रहेको छ ।

उनको परवानीपुरस्थित एल एस न्युरोमा उपचार भइरहेको र अन्यको भने स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।

सुमो र चालक निजगढ नगरपालिका – ९ बस्ने दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

काठमाडौं । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार चेतनारायण आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको […]

error: Content is protected !!