२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पर्सामा ट्राफिक प्रमुख प्रहरी निरीक्षक खतिवडा आएदेखि चेकजाँचमा कडाई

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

 

(राहुल गुप्ता)

पर्सा । प्रत्येक देशले सवारी दुर्घटनाबाट बच्न सवारी ब्यवस्थापन र सडक अनुशासन कायम गर्ने गरेको छ । देश पिच्छे दण्ड जरिवाना,सजाय,र कानुनी प्रावधानहरु फरक फरक रहेका छन ।

नेपालमा पनि सवारी साधनको बढ्दो माग , साघुरो बाटो तथा पुरानो सडक परम्परागत ट्राफिक ब्यवस्थापन प्रणाली चेतनाको कमि मुखय चुनौतीको रुपमा रहेका छन। दुर्घटनालाई पुर्ण रुपमा उन्मुलन गर्न सकिदैन तर सचेत प्रयत्यन द्वारा दुर्घटना कम गर्न सकिन्छ । सवारी तथा सडक दुर्घटनाको मुख्य कारक तत्व भनेको मानवीय कारण हो ।

बिरगंजमा पनि अहिले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी पर्साका प्रमुख भास्कर खतिवडा दिनरात काम गरेर पर्सावासीलाई अनुभुति गराउन सफल भएका छन। उनी आउनु भन्दा पहिला पर्सा जिल्लाको स्थिति भयावह रहेको तथा अहिले ट्राफिक नियमको पाल्ना कडाइका साथ लागू गरिएपछी सवारी दुर्घटना केही हद सम्म कम भएको छ। अहिले पर्सा जिल्लामा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफीक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको कारण सडक दुर्घटना कम हुन थालेको प्रहरी निरीक्षक खतिवडाले बताए हामी ट्राफिक नियम बारे सचेत हुदा हुदै समेत जानी-जानी नियम उल्लघंन गर्छौ। हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखीममा परीरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायीत्व हो ट्राफीक नियम पालन गरौँ उनले बताए।

अहिले ट्राफिक प्रहरी पर्साको सवारी कारवाही तथा जरिवाना सम्बन्धि विवरण हेर्दा श्रावण महिनामा कुल ७१४ जना सवारी साधनलाई कारवाही गरिएको र जरिवना मार्फत रु ६,२६,५०० रकम संकलन गरिएको छ। भाद्र महिनामा १३१६ जाना सवारी साधन लाई कारवाही गरिएको तथा कुल १२,११,५०० हजार रकम संकलन गरिएको छ भने असोज महिना मा ११५९ सवारी साधनलाई कार्वाही गरि कुल १९,०३,५५० उठाइएको छ ।

त्यस्तै सवारी दुर्घटनामा श्रावण महिनामा २ जनाको मृत्यु भएको ५ जना सख्त घाइते भएका छन भने ८१ जना समान्य घाइते भएका छन । भदौ महिना मा ४ जना को मृत्यु भएको छ भने १३ जना सख्त घाइते भएका छन तथा ६३ जना समान्य घाइते भएका छन । त्यस्तै असोज महिनामा ५ जना को मृत्यु भएको १५ सख्त घाइते भएको तथा ३९ जना सामान्य घाइते भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]