२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आजदेखी बालबालिकालाई भिटामीन ए क्याप्सुल र जुकाको औषधि खुवाउने सुरु

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । दुई दिने सो अभियान अन्तर्गत कास्कीका ६ महिनादेखि पाँच वर्षसम्म झण्डै ३६ हजार ९ सय १३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका ३२ हजार ९ सय ४३ जना बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।

दिउँसो २ बजेसम्ममा कास्कीका २५ प्रतिशत बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइएको भेक्टर कन्ट्रोल अधिकृत यम बरालले जानकारी दिनुभयो । कास्कीमा १ हजार ४९ जना रहेका महिला स्वयमसेवकले हरेक वडा कार्यालयको स्वास्थ्य संस्थामार्फत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको आचार्यको भनाइ छ ।

भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि लिन छुट भएकालाई पछि घरमै गएर सेवा उपलब्ध गराउने कार्यालय प्रमुख आचार्यले बताउनुभयो । उहाँले सकेसम्म यस राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा आफ्ना बालबालिकालाई बञ्चित नगर्न समेत आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्ममा १५ करोड ०४ लाख ६० हजार रुपैयाँको १ करोड ९३ लाख ४० हजार ८९८ वटा कन्डम आयात भएको छ । सरकारले सो कन्डम आयात गर्दा ६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।  नेपालमा भारत, चीन, जापान, कोरिया, मलेसिया र थाइल्यान्डको कन्डम आयात हुने गरेको छ । यसमध्ये […]

  काठमाडौं । संयुक्त राज्य अमेरिकाका शीर्ष सरकारी चिकित्सकले शुक्रबार मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर प्रकाश पार्न स्वास्थ्य चेतावनीका लागि आह्वान गरेका छन् । साथै, उनले जोखिमका कारण दैनिक सेवनको सीमा पुनर्मूल्याँकन गर्न आग्रह गरेका छन् । सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै ज्ञात रहेको र थप […]

(ABC-Sanchar) डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरेको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल […]