काठमाडौं । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्ममा १५ करोड ०४ लाख ६० हजार रुपैयाँको १ करोड ९३ लाख ४० हजार ८९८ वटा कन्डम आयात भएको छ ।
सरकारले सो कन्डम आयात गर्दा ६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । नेपालमा भारत, चीन, जापान, कोरिया, मलेसिया र थाइल्यान्डको कन्डम आयात हुने गरेको छ । यसमध्ये भारतबाट सबैभन्दा बढी कन्डम आयात हुने विभाग तथ्याङ्कमा उल्लेख छ ।