२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सप्तकोशी नदीमा मोटरबोट दुर्घटना

Logo
प्रकाशित शनिबार, कार्तिक १८, २०८०

 

(ABC-Sanchar)
मोरङ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा विपद खोज तथा उद्धार अभ्यास प्रदर्शनसहित सशस्त्र प्रहरी बलले ‘डेमो’ देखाउने तयारी गरिरहेको अबस्थामा भएको दुर्घटनामा परी रेडियो नेपालका संवाददाता कुमुद अधिकारी, मुख्यमन्त्रीको सचिवालयमा आवद्ध पत्रकार खेमराज सापकोटा, कान्तिपुर टीभीका विराटनगर संवाददाता महाप्रसाद खतिवडा र क्यामेरापर्सन शम्भु पोखरेलसहित व्यक्ति घाइते भएका छन् ।

पत्रकार अधिकारीको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । दुर्घटनामा परी सप्तकोशी नदीमा डुबेका मोटर बोटमा सवार सबैको उद्धार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]