२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

जर्मन नागरिकको दुर्घटनामा मृत्यु

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

(एबिसि संचार )                                                     म्याग्दीमा  मोटरसाइकल दुर्घटना हुँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।

बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका-३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए।

एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल ढुंगामा ठोक्किएको थियो। ढुंगामा ठोक्किएर जर्मन नागरिक म्यानफ्रेड ब्रिमर सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी कुँवरले बताए।

बिहीबार साँझ ६ बजे दुर्घटना भएको भन्दै प्रहरीलाई खबर भएको थियो। उक्त खबरपाएपछि विपदको टोलीसँगै नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको थियो।

उक्त टोलीले मध्यराति करिब १२ ब्रिमरको उद्धार गरेको थियो। तर उद्धार गर्दा नै उनको मृत्यु भइसकेको डिएसपी कुँवरले बताए।

‘६ बजेतिर खबर पाएपछि घटनास्थलमा पुग्यौं। उद्धार गरिसक्दा उनको मृत्‍यु भइसकेको थियो,’ उनले भने। ब्रिमरको घाँटी फ्र्याक्चर भएको उनले बताए।

उनका अनुसार ब्रिमरसहित १५ जना विदेशीको टोली मोटरसाइकल राइडमा आएका थिए। ११ जना जर्मन र ४ जना स्पेनका नागरिक हुन्।

उनीहरू कहिलेदेखि राइडमा आएका थिए भन्ने खुलिसकेको छैन। तर मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना भएको डिएसपी कुँवरले जानकारी दिए।  मृतक ब्रिमरको शव बेनी अस्पतालमा राखिएको छ। शव पोष्‍टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]