२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जर्मन नागरिकको दुर्घटनामा मृत्यु

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

(एबिसि संचार )                                                     म्याग्दीमा  मोटरसाइकल दुर्घटना हुँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।

बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका-३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए।

एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल ढुंगामा ठोक्किएको थियो। ढुंगामा ठोक्किएर जर्मन नागरिक म्यानफ्रेड ब्रिमर सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी कुँवरले बताए।

बिहीबार साँझ ६ बजे दुर्घटना भएको भन्दै प्रहरीलाई खबर भएको थियो। उक्त खबरपाएपछि विपदको टोलीसँगै नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको थियो।

उक्त टोलीले मध्यराति करिब १२ ब्रिमरको उद्धार गरेको थियो। तर उद्धार गर्दा नै उनको मृत्यु भइसकेको डिएसपी कुँवरले बताए।

‘६ बजेतिर खबर पाएपछि घटनास्थलमा पुग्यौं। उद्धार गरिसक्दा उनको मृत्‍यु भइसकेको थियो,’ उनले भने। ब्रिमरको घाँटी फ्र्याक्चर भएको उनले बताए।

उनका अनुसार ब्रिमरसहित १५ जना विदेशीको टोली मोटरसाइकल राइडमा आएका थिए। ११ जना जर्मन र ४ जना स्पेनका नागरिक हुन्।

उनीहरू कहिलेदेखि राइडमा आएका थिए भन्ने खुलिसकेको छैन। तर मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना भएको डिएसपी कुँवरले जानकारी दिए।  मृतक ब्रिमरको शव बेनी अस्पतालमा राखिएको छ। शव पोष्‍टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]