२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक ३०, २०८०

 

ABC (क्राईमबिट)
बाँके । जिल्ला ट्राफिक कार्यालय प्रहरी कार्यालय बाँकेको अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दिनुभएको जानकारीअनुसार पछिल्लो तीन वर्षमा जिल्लामा भएका साना ठूला ४४४ वटा सवारी दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् भने ५२० जना घाइते भएका छन् ।

उहाँले घाइतेमध्ये अधिकांशको हात खुट्टामा गम्भीर चोट लागेका कारण उनीहरु अपाङ्गताको अवस्थामा रहेको पनि बताउनुभयो । अधिकांश दुर्घटनाका घटनाहरु किन र कसरी भए भन्ने बारेमा प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट सडक दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँले जिल्लामा सो अवधीमा भएका दुर्घटनाको घटना विवरण हेर्दा अधिकांश दुर्घटना चालकको लापरवाही बेवास्ता र मनपरीले गर्दा भएको पाइएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायाको झुण्ड हुनु र सवारी साधनको अवस्था नै रहेको पाइएको छ ।

गत तीन वर्षको अवधिमा दुर्घटनामा परेर करिब ६० भन्दा बढी पशु चौपायाको पनि ज्यान गएको तथ्यांकले देखाएको छ । छाडा पशु चौपायाका कारण पनि बाँकेमा धेरै दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँकेमा ट्राफिक नियम उल्लङ्घनका घट्नाहरु पनि सो अवधीमा ठूलो सङ्ख्यामा भएका छन् । दुर्घटनाको अर्को प्रमुख कारण ट्राफिक नियम उल्लङ्घन पनि बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले पछिल्लो तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा एक लाख ३१ हजार ८८९ सवारी साधनलाई कारवाही गरिएको बताउनुभयो ।

उहाँले सो कारवाहीबाट सात करोड ५८ लाख ३१ हजार रुपियाँ राजस्व समेत असुलेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले विगतका दुर्घटना र कारण केलाउँदै जाँदा जिल्लामा ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम र गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने, गति नियन्त्रणलाई कडाइका साथ लागू गर्नुपर्ने र मापसे चेकजाँचलाई पनि निरन्तर जारी राख्नु पर्ने देखिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]