२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

बाँके जिल्लामा पछिल्लो ३ वर्षमा ४४४ सडक दुर्घटना २३० जनाले ज्यान गुमाए

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक ३०, २०८०

 

ABC (क्राईमबिट)
बाँके । जिल्ला ट्राफिक कार्यालय प्रहरी कार्यालय बाँकेको अनुसार ती दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दिनुभएको जानकारीअनुसार पछिल्लो तीन वर्षमा जिल्लामा भएका साना ठूला ४४४ वटा सवारी दुर्घटनामा परेर २३० जनाले ज्यान गुमाएका छन् भने ५२० जना घाइते भएका छन् ।

उहाँले घाइतेमध्ये अधिकांशको हात खुट्टामा गम्भीर चोट लागेका कारण उनीहरु अपाङ्गताको अवस्थामा रहेको पनि बताउनुभयो । अधिकांश दुर्घटनाका घटनाहरु किन र कसरी भए भन्ने बारेमा प्रहरीले गरेको अध्ययन अनुसन्धानबाट सडक दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

उहाँले जिल्लामा सो अवधीमा भएका दुर्घटनाको घटना विवरण हेर्दा अधिकांश दुर्घटना चालकको लापरवाही बेवास्ता र मनपरीले गर्दा भएको पाइएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु र सडकमा चौपायाको झुण्ड हुनु र सवारी साधनको अवस्था नै रहेको पाइएको छ ।

गत तीन वर्षको अवधिमा दुर्घटनामा परेर करिब ६० भन्दा बढी पशु चौपायाको पनि ज्यान गएको तथ्यांकले देखाएको छ । छाडा पशु चौपायाका कारण पनि बाँकेमा धेरै दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँकेमा ट्राफिक नियम उल्लङ्घनका घट्नाहरु पनि सो अवधीमा ठूलो सङ्ख्यामा भएका छन् । दुर्घटनाको अर्को प्रमुख कारण ट्राफिक नियम उल्लङ्घन पनि बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले पछिल्लो तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा एक लाख ३१ हजार ८८९ सवारी साधनलाई कारवाही गरिएको बताउनुभयो ।

उहाँले सो कारवाहीबाट सात करोड ५८ लाख ३१ हजार रुपियाँ राजस्व समेत असुलेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवेदीले विगतका दुर्घटना र कारण केलाउँदै जाँदा जिल्लामा ट्राफिक सचेतनाका विभिन्न कार्यक्रम र गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने, गति नियन्त्रणलाई कडाइका साथ लागू गर्नुपर्ने र मापसे चेकजाँचलाई पनि निरन्तर जारी राख्नु पर्ने देखिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!