०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

जुवाखालमा २४ राउण्ड गोली बरामद

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०७, २०८०

(एबिसि संचार )                                                    पोखरामा जुवाखालमा प्रहरीले छापा मार्दा हर्नेट बरामद भएको छ । पोखरा २२ खाल्सेको चिसापानी बस्ने भेषबहादुर गुरुङको घरबाट हर्नेट बरामद भएको हो ।कौडा खेलिरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो । हर्नेटसँगै गोली २४ राउण्ड र हतियारमा लाग्ने म्याग्जिन १ थान बरामद भएको प्रहरीले जनाएको छ । गुरुङले अत्यधुनिक सेन्सर जडान गरेर कौडा खेलाउने गरेको भेटिएको प्रहरीको भनाइ छ ।उनीहरुले सेन्सर जडान गरी सेन्सरलाईट एवं रिमोटबाट सञ्चालन हुने, डिजिटल प्रणाली प्रयोग गरी जुवातास खेल्ने गरेको भेटिएको छ । पक्राउ पर्नेमा भेषबहादुर सँगै पोखरा–१० अमरसिंहचोकका ३८ वर्षीय बलराम श्रेष्ठ, पोखरा–९ पृथ्वीचोका २८ वर्षीय सुरेन्द्र शाह, पोखरा–१५ रामबजारका दीपेन्द्र सेन, पोखरा–२६ विजयपुर बस्ने खम्बसिंह राना र बुढीबजारका सन्दिप भनिने डोरबहादुर गुरुङ छन् ।उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ८ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।उनका अनुसार जुवाखालबाट १६ थान कौडा, ८२ हजार ९९० नगद, जुवा खालमा बिछ्याइएका गलैंचा, मण्डी बरामद भएको छ ।उनीहरुले जुवा खेलाउनका लागि जमिनमा खाडल खनेर लाइनको तार जडान गरेका थिए । त्यसमा सेन्सर मेसिन पनि जोडिएको थियो । डिजिटल स्टेप्लाइजर, सेन्सर लाइट, तार, रिमोट लगायत बरामद भएको विकले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!