(ABC-Sanchar)
काठमाडौं । भक्तपुर सुरक्षाका कारण उनलाई थप निगरानीमा राखेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘उहाँको सुरक्षामा पहिलेदेखि नै सुरक्षाकर्मी खटिएकै थिए । अहिले थप निगरानी बढाएको मात्र हो । बाहिर निस्कन बन्देज गरिएको छैन ।’ प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा विरोधका कार्यक्रम गर्ने योजना बनाएको थियो । उक्त कार्यक्रम गर्न अनुमति नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गणतन्त्रविरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो । नेपाल प्रहरीको विशेष कार्यदलको टोलीले अहिले प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । उनलाई त्यहाँबाट बाहिर निस्कन नदिने प्रहरीको तयारी छ ।