०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

प्रहरी निरीक्षक टङ्क भट्टराईलाई ७ दिन भित्र हाजिर हुन गृहमन्त्रालयको निर्देशन

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०८, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । असोज १ गतेदेखि आफूखुसी गैर हाजिर रहेका नेपाल प्रहरी अस्पतालमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सात दिनभित्र उपस्थित हुन गृह मन्त्रालयले निर्देशन दिएको छ।

गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै प्रहरी अस्पताल मेडिकल रिसर्च युनिट महाराजगन्ज दरबन्दी भएका प्राविधिक प्रहरी निरीक्षक टङ्क भट्टराईलाई सात दिनभित्र हाजिर हुन गृहले निर्देशन दिएको हो।

कार्यालयमा गैर हाजिर भएपछि खोजतलास गर्दा फेला नपरेपछि हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरिएको सूचनामा उल्लेख छ।

सो अवधिमा चित्तबुझ्दो स्पष्टिकरणसहित मन्त्रालयमा उपस्थित हुन भनिएको छ। मन्त्रालयमा हाजिर नभएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावली अनुसार सेवाबाट हटाइनेसम्मको कारबाही हुने सूचनामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

काठमाडौं । सर्वोच्च अदालतले नेपाल–भारत सिमानाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा भन्सार महसुल उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रवार यो आदेश दिएको हो । अधिवक्ता आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले वैशाख १४ गते […]

error: Content is protected !!