२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष ०८, २०८०

(एबिसि संचार )

ग्यालेक्सी फोरके टेलिभिजनको समाचार र सबै कार्यक्रम उत्पादन बन्द भएको छ।

गत पुस १ गतेदेखि कर्मचारीहरूले सामूहिक छलफल गरेर समाचार, कार्यक्रम उत्पादन लगायतका काम रोकेका हुन्।

ग्यालेक्सीमा विगत छ महिनादेखि पत्रकार र कर्मचारीले तलब पाएका थिएनन्।

‘टेलिभिजनमा समाचारहरू सबै रोकिएको छ। लाइभ कार्यक्रम र प्रोड्क्सन सबै रोकिएको छ’, एक पत्रकारले सेतोपाटीसँग भने, ‘पुराना रेकर्डिङ र गीत मात्र बजिराखेको छ।’

पत्रकार र कर्मचारीहरुले अहिले पनि कार्यालय पुगेर हाजिरी भने गर्ने गरेका छन्।

‘तलब होल्ड भएको ६/७ महिना भएको थियो, दसैं तिहारका बेला १५ दिन, एक महिनाको समयको भाका लगाएका थिए। त्यसपछि उनीहरुले मंसिर अन्तिमसम्म हुन्छ भनेका थिए’, ती पत्रकारले भने, ‘अहिले कर्मचारीहरूले नै तलब आउँदैन भने काम नगर्ने भनेर रोकेका हुन्।’

ग्यालेक्सी टिभीका सञ्चालक तथा अध्यक्ष जिबी राई लामो समयदेखि फरार छन्। अर्का सञ्चालक कुमार रम्तेल जेलमा छन्।

‘व्यवस्थापनका को मान्छेसँग कुराकानी गर्ने भन्ने पनि भएन। मार्केटिङका मान्छेहरू थिए। उनीहरुले पनि ठोस कुरा गर्ने ठाउँ छैन’, ती पत्रकारले भने, ‘एक जना फरार छन्, अर्को जेलमा छन्। जेलमा भएका रम्तेलले म सबै प्रक्रिया टुङ्ग्याएर माग सम्बोधन गर्छु भनेका छन् भन्ने सूचना छ। तर सबै कर्मचारीले बाँकी तलब नै धेरै भएकाले त्यो समस्या समाधान नगरी काम नगर्ने भनेर रोकिएको हो।’

पछिल्लो समय टेलिभिजनको कार्यकारी प्रमुखका रुपमा मानव संशाधन विभागका प्रमुख भूमि खतिवडाले काम गर्दै आएकी थिइन्। ‘मैले आर्थिक सहयोग पाएँ भने मात्र समस्या समाधान गर्न सक्छु, नत्र सक्दिनँ भनेर उहाँले भन्नुभएको रहेछ’, ती पत्रकारले भने।

खतिवडाले भने टेलिभिजन स्टेशन बन्द नरहेको र एक दुई  दिनको ब्रेक लिएको बताइन्।

‘म आज पनि अफिस गएको थिएँ, स्टेशन ‘अन’ नै छ। आन्तरिक समस्याका एक दुइ दिनमा सम्बोधन गरेर फेरि सुचारु रुपमा जान्छौँ’, खतिवडाले भनिन्। (रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]