२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

बस ट्रकसँग ठोक्किँदा १ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष १४, २०८०

(एबिसि संचार )                                                              कपिलवस्तुमा बस ट्रकसँग ठोक्किँदा  १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्  ।हेटौँडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किँदै गर्दा खेलाडी र प्रशिक्षक समेत गरेर ३३ जना सवार सुप प्र०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी हरिबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी उपमहानगरपालिका–१२ बस्ने १९ वर्षीय निता खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको हो । अन्य घाइते १० जना  सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]