(एबिसि संचार ) पश्चिम नवलपरासीको सुनवलमा रात्रि बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार ११ जना अस्पतालमा उपचाररत छन् भने ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर गएरति पौने १० बजेतिर सुनवल–४ स्थित गैरे पेट्रोलपम्पनजिकै ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका छन् ।