२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ २३, २०८०

(एबिसि संचार )                                                                        सर्लाहीको मलङ्गवा नगरपालिका ११ गम्हरियामा सोमवार साँझ भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय मलङ्गवाका कार्यालय सहयोगी ६० वर्षीय विनोद घिमिरे रहेका छन् । उनको उपचारको क्रममा वीरगञ्जमा गएराति मत्यु भएको हो ।गम्हरियास्थित चमेलिमाई मन्दिर नजिकै सोमवार साँझ उखु लोड गरेको ज २ त १०६७ नम्बरको ट्याक्टरमा सर्लाही नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरसहित ११ जना सवार गाडी ठोक्किदा दुर्घटना भएको थियो । मलङ्गवाबाट जन्तीको भोज खान मानन्धरसहित भाडाको गाडी बरहथवा तर्फ जाँदै गर्दा सोमवार साँझ करिब ८ः१५ बजे दुर्घटना भएको हो ।दुर्घटनामा मानन्धरसहित वैधनाथ राउत, अजय कुमार यादव, बैजु यादव, रामलाल साह, संजिव कुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर, रामबाबु राय लगायत ११ जना घाइते भएका छन् । घाईते सबैजना नापी कार्यालय सर्लाहीका कर्मचारी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]