०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २८, २०८०

(एबिसि संचार )                                                                देशभर भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृतयु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका ६ बहुअरीस्थित सडकमा ना२ ख ९८०३ नम्बरको बसमा चड्ने क्रममा लड्दा बसको पछािडको चक्काले किचेर सहचालक २५ वर्षीय अशोक मुखियाको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।त्यस्तै भक्तपुर, सूर्यबिनायक नगरपालिका १० पलासेस्थित सडकमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रे धुलिखेल नगरपालिका ७ घर भएका ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।झापाको बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चोकमा मोटरसाइकल र टिपर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको सुरूङगा नगरपालिका ४ कदमाहस्थित सडकमा गुडिरहेको मोटरसाइकल ट्रकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा लहान नगरपालिका–१८ बस्ने २३ वर्षीय सिकिन्द्र ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]