०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

कपिलवस्तुमा भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

(एबिसि संचार )                                                              गएराति १० जनाको ज्यान जानेगरी कपिलवस्तुमा भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा–१ सुरही पुलनजिकै बुधबार राति भएको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।मृत्यु भएकामध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको हो ।त्यस्तै, भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि सनाखत भएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ ।महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब दुईसय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो । पाँच जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये गम्भिर अवस्थाकालाई अन्यत्र रिफर गर्ने प्रक्रिया भइरहेको उनले बताए ।

घाइते हुनेहरुको सबैको पहिचान खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]