२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपिलवस्तुमा भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

(एबिसि संचार )                                                              गएराति १० जनाको ज्यान जानेगरी कपिलवस्तुमा भएको बस दुर्घटनाका मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा–१ सुरही पुलनजिकै बुधबार राति भएको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।मृत्यु भएकामध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाली सेनामा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको हो ।त्यस्तै, भिमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भिमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भिमदत्त नगरपालिका १६ कन्चनपुर वर्षीय सन्जु थापाको पनि सनाखत भएको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । बाँकी ४ जना मृतकको सनाखत हुन बाँकी छ ।महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब दुईसय मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई उपचारका लागि राति नै बुटवल रिफर गरिएको थियो । पाँच जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सामान्य उपचारपछि घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको कपिलवस्तुकै सन्जिवनी अस्पतालमा उपचार भइरहेको र उनीहरुमध्ये गम्भिर अवस्थाकालाई अन्यत्र रिफर गर्ने प्रक्रिया भइरहेको उनले बताए ।

घाइते हुनेहरुको सबैको पहिचान खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]