(एबिसि संचार ) पश्चिमी बायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौँ उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए ।शनिबार विहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ । पोखरा र काठमाडौँमा पनि वर्षा हुने देखिन्छ,’ उनले भने । आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उनले बताए ।