०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

ठक्करबाट एक महिलाको मृत्यु, तनावग्रस्त जनकपुरधाम

Logo
Abc Sanchar प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

(एबिसि संचार )

जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि स्थानीय आक्रोशित हुँदै आन्दोलित भएका छन् । जनकपुर उपमहानगरपालिका-२३ विन्हीमा आज बिहान भएको दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् ।

उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । ठक्कर दिने बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस समेत प्रहार गरेको छ । तर, पनि प्रदर्शनकारी सडकमा आन्दोलन गरिरहेका छन् । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ । स्थानीय प्रहरीबीचको घम्साघम्सीले अवस्था तनाव्रस्त बनेको छ ।अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]