०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

बस दुर्घटना, १८ जना घाइते

Logo
Abc Sanchar प्रकाशित मंगलबार, फाल्गुण २२, २०८०

(एबिसि संचार )                                                         बारामा मंगलबार अपराह्न भएको बस दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२२, ३ नं. पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको  ना.६ ख ९०३० न.को यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३०/३५ मिटर तल खसेको थियो । बसमा २३ जना यात्रु सवार रहेका थिए । उनीहरूमध्ये ५ जनालाई  सामान्य उपचार पश्चात् घर पठाइएको छ । १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]