२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मृत्यु हुने आठजनाकै सनाखत

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

(एबिसि संचार )                                                              उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा मृत्यु भएका आठजनाको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छ । दुर्घटनामा परी अरु नौजना घाइते भएका थिए । सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान करिब ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी चारसय मिटर तल खसेको थियो ।सडकबाट खसेको बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्रप्रकाश राईका ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई र सुनसरी इटहरीका ४५ वर्षीय कमल अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]