१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कपिलवस्तु विजयनगर गाउँ कमिटीले वृक्षारोपण गरि ‘जननेता’

Logo
धर्मेन्द्र कुमार कुर्मी प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु विजयनगर गाउँ कमिटीले वृक्षारोपण गरि ‘जननेता’ मदन भण्डारीकाे ७३ औँ जन्म जयन्ती मनाएको छ । ‘रुख, बिरुवा राेपाैँ, वातावरण जाेगाऔँ’ भन्ने मूलनाराका साथ मदन भण्डारीको जन्म जयन्ती मनाइएकाे नेकपा एमाले विजयनगर गाउँ कमिटीले जनाएको छ ।

भण्डारीको जन्म जयन्तीकाे अवसरमा विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ भगीरामपुरकाे चिराई नदीकाे खाली ठाउँमा नेकपा एमाले विजयनगर गाउँ कमिटीले १ हजार ७३ ओेटा सगुवनकाे बिरुवा राेपेर मदन भण्डारीको जन्म जयन्ती मनाइएकाे गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य गाेपाल बहादुर थापाले मदन भण्डारीले मुलुककाे निम्ति गरेका याेगदानकाे स्मरण गर्दै भण्डारीकाे विचार र मार्गमा हिड्न आवश्यक रहेकाे बताएका छन् । उनले देश परिवर्तनका लागि सबैले एकताबद्ध हुँदै अघि बढ्नुपर्नेमा जाेड दिएको छ ।

यसैक्रममा उनले संसारम जलवायु परिवर्तनले ठुलाे समस्या निम्त्याएको बताउँदै प्रत्येक घर-घरमा सबैले अनिवार्य रुपमा फलफूल लगायत विभिन्न प्रजातिका विरुवा लगाउनुपर्ने बताए । गाउँपालिका अध्यक्ष समेत रहेका थापाले वृक्षारोपण कार्यलाई अभियानकाे निरन्तरता दिँदै गाउँपालिकालाई हरियाली बनाउँदै लैजाने उनले बताए । उनले उजाड जग्गामा वृक्षारोपण गरि वातावरण जाेेगाउन सबैले लाग्नुपर्नेमा जाेड दिए । राेपिएकाे विरुवालाई संरक्षण गर्न स्थानीयलाई आग्रह गर्दै उक्त क्षेत्रमा तारवार समेत गरिने उनले बताए ।

नेकपा एमालेका तत्कालिन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४-२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवी प्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुंगा दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चाैधरी, जिल्ला सदस्य लाेक बहादुर थापा, अनवर माेहम्मद मुसलमान, दिपेन्द्र बहादुर महरा, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु, गाउँ कमिटी सचिव, गाेकर्ण प्रसाद सापकोटा, गाउँ कमिटीमा सदस्यहरु लगायत एमालेका जनवर्गीय संगठनका पदाधिकारीहरुकाे सहभागीता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

चितवन । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ चितवनका स्थानीय दराइलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो । हत्या गरी फरार भएका दराईलाई घटनाको ८ महिनापछि बुधवार सीआईबीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । कँडेलको हत्या लमजुङको बेसीशहर नगरपालिका–२ […]

error: Content is protected !!