बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२३ भलुही स्थित नोबेल टेकस्टाईल प्रा.लि. अगाडी मीत २०८१-०४-०१ गते अन्दाजी १० बजेको समयमा भैरहवादेखि बिरगंजतर्फ आउदै गरेको ना ७ ख ६०७६ नं. को यात्रुबाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा सवार २२ जना यात्रुहरु मध्ये ३ जनाको अवस्था गम्भिर, ७ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामन्य गरी जम्मा १७ जना यात्रुहरु घाईते भई उपचारका लागी बयोधा अस्पताल, बिरगंज पठाइएको र बस चालक जिल्ला चितवन रापति नगरपालिका वडा नाे.६भणडारा बस्ने अन्दाजी बर्ष ३० को सागर नेउपाने लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ।
घाईतेहरूको विवरण:-
१. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.७ बस्ने अ.बर्ष ३३ को शंकर गुरूङको टाउकोमा चोट ।(अवस्था गम्भिर)
२. हाल नाम थर वतन नखुलेको अ.बर्ष २४ को पुरूष ब्यक्तीको अनुहारमा चोट ।(अवस्था गम्भिर)
३. जिल्ला बारा, कलैया उ.म.न.पा.वडा नं. १८ मोतिसर बस्ने अ.बर्ष २१ को कन्हैया गुप्ताको कान,अनुहार,शरिरमा चोट ।(अबस्था गम्भिर)
४. जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने अ.बर्ष ५५ को तिलक भट्टाराईको अनहार र छातिमा चोट ।(अवस्था मध्यम)
५. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.बर्ष ३५ को सागर गोलेको अनुहारमा चोट ।(अवस्था मध्यम)
६. ऐ.ऐ.०४ बस्ने अ.बर्ष ३० को अमिर थापाको कानमा चोट ।(अवस्था मध्यम)
७. जिल्ला पर्सा, बिरगंज म.न.पा. वडा नं. ५ बस्ने अ.बर्ष ५० को दिपेन्द्र कुमार गुप्ताको पाखुरा र कन्चटमा चोट।(अबस्था मध्यम)
८. ऐ.ऐ.१५ बस्ने अ.बर्ष ४२ को बिक्रम राना मगरको हात र गालामा चोट ।(अवस्था मध्यम)
९. जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ.बर्ष १८ को सर्वजित रामको छाती र कमरमा चोट ।(अवस्था मध्यम)
१०. देश भारत, रक्सौल बस्ने अ.बर्ष १८ को साहिद अंसारीको निधारमा चोट ।(अवस्था मध्यम)
११. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं.३ बस्ने अ.बर्ष ३३ की जानुका ढुङगानाको हातमा चोट ।(अवस्था सामान्य)
१२. .जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. ०९ बस्ने अ.बर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट ।(अवस्था सामान्य)
१३. जिल्ला पर्सा, बिरगंज म.न.पा. वडा नं. ६ माई स्थान बस्ने अ.बर्ष १८ को स्वयव अंसारीको कन्चटमा चोट ।(अवस्था सामान्य)
१४. .जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ.बर्ष २५ को सुमन लामा को कानमा चोट ।(अवस्था सामान्य)
१५. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. ८ बस्ने अ.बर्ष ३९ की सरस्वती काफले अनुहार चोट ।(अवस्था सामान्य)
१६. बस सह-चालक जिल्ला पर्सा ठोरी गा.पा.२ चन्द्र बहादुरको छोरा अ.बर्ष २१ रुपेश तामाङको सामान्य चोट । (स्थानिय मेडिकलमा उपचार भई रहेको)
१७. बसको कन्टेकटर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने सुम बमजमको छोरा अ.बर्ष २८ को राकेन्द्र बमजमको हातमा चोट अवस्था सामान्य । (स्थानिय मेडिकलमा उपचार भई रहेको छ।