२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

यसरी पूर्ण खोप सुनिश्चित हुँदैछ लुम्बिनी प्रदेशको जिल्लाहरुमा

Logo
बिदुर एमसी प्रकाशित बुधबार, साउन ०२, २०८१

दाङ । भालुवाङ साउनको दोस्रो सातातिर लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तीब्ररूपमा तयारी गरिएको छ । प्रदेश अन्तरगतका सबै जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भईसकेको हुँदा अब चाँडै प्रदेशलाई पूर्ण खोप घोषणा गर्ने तयारी भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार अपरान्ह देउखुरीको सिसहनियाँमा स्वास्थ्य मन्त्रालयको आफ्नै सभाहलमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा सोकुरा बताइएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले गतवर्ष कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुन नसके पनि यो पटक सबैले साथ सहयोग र सहकार्यमा प्रदेश पूर्ण खोप सुनिश्चित हुन लागेको जानकारी दिए ।
खोप अभियान सफल बनाउन निकै चुना‌ैतिपूर्ण रहेको हुँदा सचेतना अभियान अझ व्यापक बनाउनुपर्नेमा मन्त्री पुनले जोड दिए ।

प्रदेशका केही समुदायमा धार्मिक आस्था, घुमफिर गर्ने परिवार, सीमा क्षेत्रका नागरिक, कामदारका बालबालिकाहरु खोपको सहज पहुँचमा आउन अझै चुनौतिपूर्ण छ, उनले भने खोपको महत्त्व बुझ्न नसक्दा पनि समस्या छ । अर्कोतिर समाजको कारणले पनि चुना‌ैति छ ।

प्रदेश अन्तरगतका जिल्लामा यसैवर्ष असार महिनाको ६ गते रोल्पामा, १३ गते प्युठानमा, २५ गते पाल्पा र नवलपरासी पश्चिमममा, असार २६ गते गुल्मीमा, २७ गते रुकुम पूर्वमा, २८ गते दाङमा, २९ गते बर्दिया, बाँके र अर्घाखाँचीमा, असार ३० गते रुपन्देही र कपिलवस्तु जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रमाणीकरण गर्न राष्ट्रिय खोप समन्वय समितिमा सिफारिस भईसकेको मन्त्री पुनले बताए । सो समितिबाट पूर्ण खोप सुनिश्चितताका लागि प्रमाणीकरण टोली परिचालन गरि अनुसूचि४,५,६,७,१० र १४ अनुसार सम्पूर्ण प्रकृया पूरा भएको पाईएमा पूर्णखोप प्रदेश घोषणाका लागि अनुमति पाउने छ । यो प्रकृया भए साउन महिनाको दोस्रो सातामै लुम्बिनी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा हुने उनको दाबी थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका तथ्यांक अधिकृत मानबहादुर वलीका अनुसार, प्रदेशका १२ वटै जिल्लाका २९ सय ७५ खोप केन्द्रबाट ३१ सय ५९ सेसनमा खोप अभियान संचालन भएको थियो ।

जन्मेको १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पूर्ण खोपको अवस्था हेर्दा प्रदेशभर अझै १३० जना शून्य डोज खोप देखिएको छ । ड्रपआउट २३ सय ४३ जना रहेका छन् । रुकुम पूर्व, गुल्मी, पाल्पा बाहेक सबै जिल्लामा शून्य डोज खोप लगाएका बालबालिका रहेका तथ्यांक अधिकृत वलीले जानकारी दिए ।

नेपालमा हाल १३ वटा रोग विरुद्धको खोपहरु प्रदान गरिदै आएको छ । पूर्ण खोप भन्नाले १५ महिना उमेर भित्र राष्ट्रिय खोप तालिका अनुसार बिसिजी १ मात्रा, रोटा २ मात्रा, पोलियो ३ मात्रा, एफआईपीभी २ मात्रा, पिसिभि ३ मात्रा, डिपिटी ३ मात्रा, जेई १ मात्रा, दादुरा रुबेला २ मात्रा र टाईफाईडको १ मात्रा खोप लगाउनुपर्ने स्वास्थ्य सचिव डा। बासुदेव उपाध्यायले सल्लाह दिए ।

नेपालमा २०६९ सालबाट पूर्णखोप अभियान कार्यक्रमको शुरुवात गरिएको थियो। अछाम जिल्लाको तत्कालिन भागेश्वर गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरी सुरुवात भएको थियो ।
पूर्णखोप अभियानको शुरुवात लुम्बिनी प्रदेशमा पाल्पा र नवलपरासीबाट शुरु भएको थियो ।

लुम्बिनी प्रदेशले २०७० सालमा पाल्पा, नवलपरासी र क्रमशः अर्घाखाँची, गुल्मी, लगायतका सबै जिल्लाहरु घोषणा भई स्थानीयहरुले पूर्णखोप अभियानको अपनत्व लिई दिगोपना दिइरहेका लुम्बिनी प्रदेश मिति २०७९ भाद्र ३१ गते नेपालकै दोश्रो पूर्णखोप प्रदेश घोषणा भएको थियो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव डा। बासुदेव उपाध्याय, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले खोप अभियानको अवस्था र रणनीतिका बारेमा विस्तृत रूपमा अवगत गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]