२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने ९ जना प्रहरीको बढुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ०२, २०८१

 

काठमाडौं । मंगलबार बसेको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको प्रहरीको नीति समन्वय समितिको बैठकले मूल्यांकन समितिको सिफारिसका आधारमा बढुवाको निर्णय गरेको हो।

बिशेष बढुवामा पर्नेहरुमा प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल र ईश्वरकुमार खत्री, असई गोकुल खत्री, वरिष्ठ हवल्दार दीपेन्द्रबहादुर चन्द छन्। त्यस्तै, हवल्दारहरु अमरराज मिश्र, प्रभातकिरण श्रेष्ठ, रविना राई तथा प्रहरी जवानहरू हिमाल शाही र सूर्य कुँवरको पनि उत्कृष्ट काम गरेको आधारमा एक तह बढुवा भएको प्रहरी प्रवक्ता डिआइजी दानबहादुर कार्कीले बताए।

प्रहरी नियमावली ०७१ को दफा ३९ मा विशेष बढुवासम्बन्धी प्रावधान छ। जसमा एक आर्थिक वर्षमा अधिकतम १० कर्मचारीलाई राजपत्र अनंकित पदसम्म एक तह बढुवा गर्न सकिन्छ। यसअघि नेपाल प्रहरीमा आबद्ध त्रिकेटर दीपेन्द्रसिंह ऐरीको पनि यही प्रावधानअनुसार हवल्दार पदमा बढुवा भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]