२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

कोशी प्रहरी तालिम केन्द्रको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते ५ जनाको अवस्था गम्भीर

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ०२, २०८१

 

विराटनगर । १५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते हुने प्रहरीको सङ्ख्या ३० जना पुगेको छ । जसमध्ये ५ जना गम्भीर घाइते भएका छन् ।

कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी अबिनारायण काफ्लेका अनुसार घाइते हुनेहरुमा आयुष लिम्बू, विवेक राई, हेमबहादुर ढाका मगर, योगेन्द्र मगर, सञ्जय ओझा, सौगात थापा, सुमन भुजेल र पुष्पराज श्रेष्ठको नाम खुलेको छ । अन्यको विवरण आउन बाँकी छ ।

बुधबार साँझ मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको हो ।

घाइते भएका ३० जनामध्ये कोशी अस्पतालमा २१ जना, न्यूरो अस्पतालमा ५ जना, विराट टिचिङ अस्पतालमा २ जना र नोबेल अस्पतालमा एक जनाको उपचार भइरहेको एसएसपी काफ्ले बताए । मुस्लिम समुदायको ‘मोहरम’ पर्व सुरु भइरहेको छ । उक्त पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो । ‘मद्दतमा गएको प्रहरी टोली चढेको टु टन गाडि रानी क्षेत्रतर्फ जाँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते भएका प्रहरीहरूलाई उद्धार गरी अस्पताल पठाउने काम सकिएको छ । अहिले उपचार भइरहेको छ ।’

गाडीमा ५४ जना प्रहरी सवार थिए । घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]