२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्मपन्न

Logo
(सागर थापा) प्रकाशित बुधबार, साउन ०२, २०८१

(सागर थापा)
कपिलवस्तु । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. २ कैलाश आश्रम मनकामना मन्दिर धार्मिक वन परिषर भित्र सोही धार्मिक वनले श्रीमती संघकै वाटिका निर्माणको लागि प्रदान गरेको अन्दाजी ३ कट्ठा क्षेत्रफलमा बृक्षारोपण कार्यमा सरिक हुनको लागि पाल्नु भएको छ ।

लुम्बिनी प्रहरी प्रदेश श्रीमती संघकी अध्यक्ष श्रीमती निलम कडायत वाणगंगा नगरपालिका वडा नं. २ (दुई) का वडा अध्यक्ष तथा नगर प्रवक्ता बिष्णु प्रसाद पौडेल, वडा नं. २ का वडा, वडा सदस्यहरु, कैलाश आश्रम मनकामना मन्दिर धार्मिक वन अध्यक्ष बुद्धिराज घिमिरे तथा पदाधिकारी,मनकामना गुरुकुल संरक्षण समितिका संरक्षक तथा समितिका पदाधिकारी, स्थानीय समाजसेवी ।

लुम्बिनी प्रदेश श्रीमती संघका पदधिकारी तथा सदस्यहरु,लगायत प्रहरी कर्मचारीहरूको उपस्थितमा गुरुकुलमा अध्यायनरत बटुकहरुले स्वस्ति वाचन गरि स्वागत गरि गरुकुल तथा धार्मिक वन क्षेत्रमा बिशेष स्वागत सहित प्रवेश गराई लुम्बिनी प्रहरी प्रदेश

श्रीमती संघकी अध्यक्ष ‍श्रीमती निलम कडायतबाट आपको विरुवा रोपी बृक्षारोपण कार्यको शुभारम्भ भएको बृक्षारोपण कार्यक्रममा सहभागिहरुको बिशेष सक्रियतामा आप, अम्बा, अमला, लिची, पारिजातका गरी अन्दाजी १३० वटा विरुवाहरु रोप्ने कार्य भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]