२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

उच्च अदालत बिराटनगरले १४ हजार मुद्दा हरुको फछ्र्यौट गर्‍यो

Logo
रोशन निधी प्रकाशित बिहिबार, साउन ०३, २०८१

रोशन निधी
बिराटनगर । उच्च अदालत विराटनगरले विगत पाँच वर्ष देखिको अवधिमा १४ हजार २ सय २ मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत विराटनगरकाे रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार विगत पाँच वर्षको अवधि सम्म २६ हजार ३० मुद्दा हरुमध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा फछर्यौट गरिएकाे उहाँले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा जिम्मेवारी सरी आएका नौ हजार ६८७ तथा सोही अवधिमा नयाँ दर्ता १६ हजार तीन सय ४३ मुद्दा फछ्र्याैट भएकामा एघार हजार नौ सय २८ मुद्दा हरु हाल सम्म बाँकी रहेका छन् । उक्त अवधिमा दुई वर्षे पुरानो मुद्दा १२ बाँकी रहेका छन् ।

तेसैगरि अदालतले गत आर्थिक वर्ष २०८०/८१ मा ३ हजार ८ सय ८० मुद्दा फछ्यौट गर्ने लक्ष्य राखेकाेमा तीन हजार दुई सय ५४ मुद्दा फछ्यौट भएकाे थिए । सो आवमा जिम्मेवारी सरी आएका दुई हजार ५४४ र नयाँ दर्ता तीन हजार ४२२ गरी जम्मा पाँच हजार ९६६ मध्ये तीन हजार २५४ मुद्दा फछ्र्याैट भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले जानकारी गराउनु भएको हो। उहाँले १२ न्यायाधीशको दरबन्दी भए पनि कार्यरत न्यून भएका कारण मुद्दा फछ्यौटको सङ्ख्यामा कमी आएको बताउनु भएको थियोे ।

अदालतमा मुद्दाको चापकाच कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म न्याय सम्पादनका लागि न्यायाधिशहरु खटिने गरेकाे मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले जानकारी दिनुभयो । न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाई थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]