२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बारा प्रहरीले ४ लाख ५३ हजार बराबरको अबैध समानहरु नियन्त्रणमा

Logo
रोशन निधी प्रकाशित बिहिबार, साउन ०३, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय बारा मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले निम्न मिति र स्थानमा निम्न वमोजिमको अबैध भन्सार छलीका अंन्दाजि मुल्य रू.४ लाख ५३ हजार ९ सय २० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाढि बढाएको छ।
१. प्रहरी ईकाइ:- जिल्ला प्रहरी कार्यालय बारा ।
मिति २०८१/०४/०२ गते अंन्दाजि १८:०० बजेको समयमा जिल्ला बारा, कलैया उपमहानगरपालिक वडा नं.६ स्थित बजार एरियामा भन्सार छलिगरी ल्याउदै गरेको बिभिन्न कस्टमेटिक समानहरु र किराना समानहरू गरि अन्दाजि मुल्य रु.१,००,०००/- (एक लाख बराबरको समान ।
२. प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय सिमरा, बारा ।
मिति २०८१/०४/०२ गते अं.१६:५० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.९ छतापिपरा स्थित गास्ती टोलिले वेवारिसे अवस्थामा १०० किलो चिनी अंन्दाजि मुल्य रू.८,०००/- (आठ हजार) बराबरको वरामद ।
३. प्रहरी ईकाइ:- प्रहरी चौकी श्रीनगर बैरिया बारा ।
मिति २०८१/०४/०२ गते अंन्दाजि ०५:३० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं.१ सिमानबैरिया स्थित BR 05 AG 6224 नं.को सुपर स्प्लेंडर मोटरसाईकल र BR 22 M 3012 नं.को प्लाटीना मोटरसाइकल पछाडी लोड गरीएको भारत तर्फ लगीरहेको ४ वटा बोरामा कस्तुरी अंन्दाजि मुल्य रू.२४,०००/- र रक्सी रू.१,६०,०००/- गरी जम्मा १,८४,०००/- बराबरको समान सहित मोटरसाईकल नियन्त्रणमा ।
४. प्रहरी ईकाइ:- प्रहरी चौकी मुसहर्वा बारा ।
मिति २०८१/०४/०२ गते अंन्दाजि २१:३० बजेको समयमा जिल्ला बारा, विश्रामपुर गाउपालिका वडा नं.३ मुसहर्वा स्थित भारत बाट नेपाल तर्फ भन्सार छलीगरी ल्याउदै गरेको Lakme Eyeconic Kajal Twin- ४८० पिस अं.मुल्य रू.१,४५,९२०/- बराबरको समान ।
५. प्रहरी ईकाइ:- प्रहरी चौकी पथलैया बारा ।

मिति २०८१/०४/२३:५० गते अंन्दाजि २३:५० बजेको समयमा जिल्ला बारा जीतपुर सिमार उपमहानगरपालिका वडा नं.१ पथलैया चौक स्थित रौतहट बाट काठमाण्डौ तर्फ जादै गरेको प्र.२-०१-००१ ख ०२२१ नं.को बसलाई रोकी चेक जाच गर्दा बिल भरपाई नभएको ८० किलो पानिपुरी अन्दाजि मुल्य रु १६,०००\- बराबरको सामान हरु बारामद गरि आवस्यक कार्वाहीको लागि कानुनी प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सूचना अधिकारी दधिराम नेउपाने ले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]