२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

बारा प्रहरीले २६ केजी लागुऔषध गाजा कार सहित २ जना ब्यक्ती पक्राउ

Logo
रोशन निधी प्रकाशित बिहिबार, साउन ०३, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय बाराको मातहत बाट खटिएको प्रहरी टाेलिले
विहिबार विहान ५ बजेको समयमा प्रहरी चौकी पथलैयाले नियमित चेकजाँच को क्रममा बा ४ च ५७० नम्बरको कार रोकी चेक जाँच गर्दा कारमा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा कारका चालक भारत बिहार राज्य सुमौलीका ३० बर्षिय दिपकचन्द्र देव र अर्का कारमा सवार मकवानपुर राकसिराङ्ग २ बस्ने २८बर्षका अन्जन शाह रहेको थियोे ।
उनीहरुलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकबाट प्रहरी निरिक्षक नरेश शाहीको टोलीले नियन्त्रणमा लिएको हो ।

कारको सिट मुनि लुकाई राखेका ५ पोका(२६ के.जि.) गाँजा फेला पारेको हो । लगतै कार,कार चालक र कारमा सवार मानिसहरू नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायव उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपाने ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]