२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

नेपालगन्जको एक होटेलबाट नाम नखुलेको व्यक्तिको शब फेला

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०३, २०८१

 

बाँके । नेपालगन्ज २ पुष्पलाचोक नजिक दिप्सन होटेलको कोठामा नाम थर, वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृतक व्यक्तिको हालसम्म पहिचान हुन नसकेकोले कोहि कसैले निज मृतकलाई चिन्नुभएमा या केही जानकारी भएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्नुहुन अनुरोध छ। मृतक व्यक्तिको हुलिया
वर्ण गहुँगोरो, कालो कपालमा खैरो रङ लगाएको, बायाँ हातको हत्केलाको पछाडी जिमिन र अर्बिननाम अग्रेजि अक्षरमा लेखेको ट्याटु रहेको, उचाई ५ फिट ८ इन्च, उमेर अन्दाजी २५ वर्षको रहेको जानकारी प्रहरिले दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]