२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्ने भन्दा पुरानो गहना बेच्नेको घुइँचो

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०४, २०८१

 

काठमाडौं । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको छ । यो नेपाली सुन बजारको हालसम्मको उच्च मूल्य हो ।

पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भुलनप्रसाद सर्राफ भन्नुहुन्छ, “सुनको मूल्य निरन्तर उकालो लागिरहँदा १० प्रतिशत ग्राहक सुन किन्न आउँछन् भने ९० प्रतिशत ग्राहक बेच्नका लागि नै आउने गरेका छन् ।”

अध्यक्ष सर्राफले सरकारले चालु आर्थिक वर्षको बजेटमा सुनको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत गरेपछि सुनको मूल्य प्रतितोला छ हजार बढी पर्न गएकाले सोको प्रत्यक्ष प्रभाव सुन व्यवसायमा पर्न गएको बताउनुभयो । दुई छिमेकी मुलुक भारतमा प्रतितोला १० हजार र चीनमा २८ हजार नेपाली मूल्यभन्दा कम रहेकाले सुनको अवैध व्यापारले प्रश्रय पाउने सम्भावना उच्च रहेको उहाँको भनाइ छ । जय बालाजी ज्वेलर्सका सञ्चालक सञ्जयकुमार सर्राफले व्यापारमा आएको मन्दीका कारण पनि लगनको समयमा नभई नहुनेले तथा धनाढ्य व्यक्तिले मात्र औसत रूपमा सुन किन्न आउने गरेको बताउनुभयो । उहाँले सर्वसाधारण ग्राहकले घरमा रहेको पुरानो गहना सफा गराई काम चलाउने गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]