२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

दाङको भालुवाङ राप्ती नदीको पुलमा ट्रक दुर्घटना पुल र ट्रकमा क्षति : दाङ जिल्ला ट्राफिक

Logo
(बिदुर एमसी) प्रकाशित शुक्रबार, साउन ०४, २०८१

 

दाङ । देउखुरीको भालुवाङ नेपालगञ्ज बाट कपिलबस्तुको चन्द्राैटा तर्फ जाँदै गरेको लु १ ख ७२६४ नम्बरको खाली ट्रक आज शुक्रबार बिहान करिब साढे ७ बजेको समयमा भालुवाङको राप्ती नदी पुलमा दुर्घटना हुँदा ठुलो क्षति हुनबाट जोगिएको हो ।

ट्रकको अगाडीको दुबै तर्फको पटा भाँचिदा अन्यत्रित भई पुलमा ठोकिंदा उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

पुलबाट ट्रक खस्नबाट जोगिएपछि ठुलो दुर्घटना हुनबाट जोगिएको उनले बताए । उक्त दुर्घटनाबाट पुलको पूर्व तर्फको चार वटा रेलिङ्ग भाँचिएको जिल्ला ट्राफिक दाङले जानकारी दिएको छ ।

ट्रकमा चालक र सह—चालक मात्र रहेका थिए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्रक अहिले पुलमै रहेको छ । केही महिना पहिले उक्त राप्ती पुलबाट यात्रु बाहक बस तल खस्दा करिब एक दर्जनबढीको ज्यान गएको थियो भने दर्जनौ घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]