२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

नक्कली नोटसहित १ जना पक्राउ

Logo
रोशन निधी प्रकाशित शनिबार, साउन ०५, २०८१

 

बारा । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट प्रहरी निरीक्षक नबिन राईको कमान्डमा खटिएको प्रहरी टाेलिले बिशेष सूचनाको आधारमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नाे.२ स्थित सडक खण्डमा महुवाहि बाट नयाकाटाेल तर्फ जान्दै गरेको ON TEST हाेणडा साईन माेटरसाईकल रोकि चेक जाच गर्दा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नाे.२ बस्ने अन्दाजी बर्ष ३५ को छठु गिरिले लुकाई छिपाई गरि राखेको नक्कली नेपाली नोट १०००/- एक हजारकाे नाेट ८५ वटा गरि जम्मा रु.८५०००/- पचासी हजार बरामद गरि माेटरसाईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा बाट खाेटा मुद्रा सम्मबन्धि कसुरमा मुद्दा  दर्तागरि सम्मानित जिल्ला अदालत बारा कलैया बाट ८ दिनको मयाद थप गरि अनुसन्धान कार्य भैरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]